नियम ४
उजुरीमा खुलाउनु पर्ने विषय
: (१) नियम ३ बमोजिम दिइने उजुरीमा देहायका विषय खलाउनु पर्नेछ:-
(क) अदालतको नाम,
(ख) उजुरवालाको नाम, थर, ठेगाना, सम्पर्क नम्बर, सम्भव भएसम्म इमेल ठेगाना र निजको बाबु वा आमाको नाम, थर,
(ग) विपक्षी वा प्रतिवादीको नाम, थर, ठेगाना, सम्पर्क नम्बर, उपलब्ध भएसम्म: इमेल ठेगाना र निजको बाबु वाआमाको नाम, थर,
(घ) उजुरीको विषय,
(ङ) उजुरी तथा दाबीको सिलसिलेवार व्यहोरा,
(च) अदालतको अधिकार क्षेत्रको विषय,
(छ) उजुरी , निवेदन तथा दाबीसँग सम्बन्धित कानून,
(ज) सङ्गठित संस्थाको तर्फबाट उजुरी दर्ता गर्दा त्यस्तो सङ्गठित संस्थाको कानूनमा अन्यथा व्यवस्था भएको बाहेक त्यस्तो संस्थाको सञ्चालक समितिबाट निर्णय भएको अख्तियारनामा,
(झ) सोही विषयमा अन्यत्र उजुरी वा निवेदन परेको भए सो कुरा, (ज) हदम्याद सम्बन्धी व्यवस्था,
(ट) सम्बन्धित प्रमाणहरू।
(२) उपनियम (१) बमोजिम उजुरी पेश गर्दा उजुरवालाले देहायका कागजात संलग्न गरी पेश .गर्नु पर्नेछ:-
(क) प्रत्येक विपक्षी वा प्रतिवादीलाई एक एक प्रतिका दरले उजुरीको नक्कल,
(ख) जुन कानून अन्तर्गत त्यस्तो उजुरी दिएको हो सो कानूनमा त्यसरी उजुरी दिनु अघि कुनै निकाय वा पदाधिकारीको स्वीकृति लिनु पर्ने कुरा उल्लेख भएको भए त्यस्तो स्वीकृति ।